दफा १८३
पीडित वा साक्षीको परिचय गोप्य राख्न सकिने
(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास कसूरबाट पीडित ब्यक्ति वा साक्षीको परिचय सार्वजनिक गर्दा त्यस्तो ब्यक्ति वा साक्षीको सामाजिक प्रतिष्ठा वा इज्जत उपर प्रतिकूल प्रभाव पर्न सक्ने वा निज उपर अभियुक्त वा अन्य कुनै पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा निजको जीउ, ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने देखिएमा त्यस्तो ब्यक्ति वा साक्षीको नाम, थर, वतन वा निजको बाबुको नाम वा निजको परिचय हुन सक्ने अन्य कुनै हुलिया गोप्य राख्न अनुसन्धान अधिकारीले सरकारी वकिल मार्फत अदालतलाई अनुरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुरोध भएकोमा अदालतले त्यस्तो पीडित ब्यक्ति वा साक्षीको नाम, थर, वतन, निजको बाबुको नाम वा निजको परिचय गोप्य राख्ने गरी आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम गोप्य राखिएको ब्यक्तिको नाम, थर, वतन वा बाबुको नाम सम्बन्धित मुद्दाको सुनुवाईका बखत वा सो सम्बन्धी विवरण प्रकाशन गर्दाका बखत अदालतको आदेश बमोजिम काल्पनिक नाम, थर, वतन वा बाबुको काल्पनिक नाम राखी प्रकाशन गर्नु पर्नेछ ।